आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

हामी कडाईका साथ आचारसंहिता लागू गर्ने भन्छौ, पालनकर्ता हासेर उडाउनुहुन्छ : आयुक्त भण्डारी

हामी कडाईका साथ आचारसंहिता लागू गर्ने भन्छौ, पालनकर्ता हासेर उडाउनुहुन्छ : आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराई स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सम्पूर्ण तागत लगाएको स्पष्ट पारको छ । पूर्व प्रमुख निर्वाचन आयुक्तहरुसँगको छलफलका क्रममा निर्वाचन आयुक्त
रामप्रसाद भण्डारीले स्वच्छ, स्वतन्त्र र निश्पक्ष निर्वाचनको कडीको रुपमा रहेको आचारसंहिता पालना गराउने सवालमा आयोगले सम्पूर्ण ध्यान केन्द्रित गरेको स्पष्ट पारेका हुन् ।

पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले विगतका निर्वाचनमा आचारसंहिता उल्लंघन भएको, धाँदली भएको, मतपेटीका हराएको लगायत घटनाहरुको दृष्टान्त दिँदै त्यसतर्फ सचेत हुन आयोगको ध्यानाकर्षण गराएपछि निर्वाचन आचारसंहिता केन्द्रिय अनुगमन समितिका संयोजक समेत रहेका आयुक्त भण्डारीले आचारसंहीता पालना गराउने सवालमा आयोगले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

उनले राजनैतिक दल र सरोकारवालाहरुसँगको परामर्शका आधारमा आयोगले आचारसंहिता बनाएकाले पालना गरेर सबैले इमान्दारिता देखाउनुपर्नेमा पनि जोड दिए । आचारसंहिता राजनैतिक दल, सरोकारवाला निकाय र आयोगको साझा सहमतिको दस्तावेज भएको र त्यसमा राजनैतिक दलले हस्ताक्षर गरेर पालना गर्ने प्रतिवद्धता जनाएकाले प्रतिवद्धताप्रति दलहरु पनि जिम्मेवार हुनुपर्ने उनको तर्क छ ।

उनले निर्वाचन व्यवस्थापनको विषय कठिन भएपनि आफूहरुले चुनौति नभई अवसरको रुपमा लिएको उल्लेख गर्दै आचारसंहिता लागू गर्ने कुरामा आयोग सधैं निष्पक्ष र निष्ठापूर्वक उभिने स्पष्ट पारे ।

निर्वाचन आचारसंहिता केन्द्रिय अनुगमन समितिका संयोजक समेत रहेका आयुक्त भण्डारीले स्वतन्त्र, निष्पक्ष, भयरहीत र सर्वस्वीकार्य निर्वाचन गराउने सवालमा आयोग कटिवद्ध रहेको र सोही अनुसार आफ्ना काम कारवाही अघि बढाएको पनि स्पष्ट पारे ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend