आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था झनपछि झन जटिल बन्दै

प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था झनपछि झन जटिल बन्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था झन् जटिल बनेको छ । स्वास्थ्य अवस्था बिग्रीएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी सीतालाई नन् इन्भेसिभ भेन्टिलेटर एनआईभी मा राखिएको छ । अस्पताल स्रोतले भन्यो ‘अवस्था गम्भीर भएर शनिबार अस्पताल भर्ना गरिएको हो । नन् इन्भेसिभ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।’

गत सोमबारमात्र १६ दिन लामो अस्पतालमा उपचार गराएर सीतालाई घर लगिएको थियो । ‘पछिल्लो पटक अस्पताल भर्ना भएदेखि नै स्वास्थ्य अवस्था झनझन गम्भीर बन्दै गएको छ । तर,अहिले नै आशा मारिहाल्नुपर्ने अवस्था भने छैन,’ अस्पताल स्रोतले बतायो ।

सीताको स्वास्थ्यमा छिन छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा उपचार गराईरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend