सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

प्रधानमन्त्री कपः एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको पहिलो जित

प्रधानमन्त्री कपः एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको पहिलो जित

 

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । उसले समूह‘ए’ अन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेशलाई पाँच विकेटले हराउँदै पहिलो जित हात पारेको हो ।

१५१ रनको लक्ष्य सुदूरपश्चिमले २९.४ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो । उसका लागि गजेन्द्र बोहराले सर्वाधिक ४१ रनको योगदान दिए ।

अविजित रहेका शेर मल्लले ३४ र कप्तान राजु रिजालले २४ रन जोड्दा टेक रावलले १८ रन बनाए । कर्णालीका लागि कप्तान रवीन्द्र शाहीले तीन तथा दिवान पुनले दुई विकेट हात पारे ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend