आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

कालिकोटको तिलागुफामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

कालिकोटको तिलागुफामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

कालिकोट । कालिकोटको तिलागुफा-५ खल्लागाड नजिकै यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् ।मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको यात्रुवाहक जिप मंगलबार कर्णाली राजमार्गको खल्लागाड पुल नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुर्दशन सेजुवालको मृत्यु भएको कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए ।

घाइते हुनेमा हुम्लाका २२ वर्षीय केशरी शाही, र २४ वर्षीय उज्जवल सिंह, मुगुका १७ वर्षीय धिरज बुढा, १६ वर्षीय गोपीचन्द्र बुढा, ३१ वर्षीय सन्तोष शाही, मुगु घर भएका गाडी चालक ३५ वर्षीय प्रेमसिंह बडुवाल छन् भने अन्य एक जनाको नाम खुल्न सकेको छैन ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend