logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • धितोपत्रको मार्जिन कारोबारका लागि ८७ वटा कम्पनी योग्य

    धितोपत्रको मार्जिन कारोबारका लागि ८७ वटा कम्पनी योग्य

    3.6K
    Shares
    धितोपत्रको मार्जिन कारोबारका लागि ८७ वटा कम्पनी योग्य

    काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले ८७ वटा कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य रहेको जनाएको छ । नेप्समा सूचीकृत कम्पनीमध्ये ८७ वटा कम्पनी मात्रै मार्जिन कारोबारकास् लागि योग्य देखिएको हो ।

    ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५’ अनुसार मार्जिन कारोबार भन्नाले धितोपत्र दलाल व्यवसायीमार्फत् तोकिएको मार्जिन राखेर शेयर खरिदबिक्री गर्ने कार्य हो । सामान्य अर्थमा पुँजीबजारका लगानीकर्ताले आफूसँग भएको रकमभन्दा बढी रकमको शेयर खरिद गर्न पाउने सुविधा नै मार्जिन कारोबार हो ।

    नेप्सेले प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबारयोग्य धितोपत्रको सूची सार्वजनिक गर्दै आएको छ । यस्तो सूची आर्थिक वर्ष सुरु भएको सात महिनाभित्र अद्यावधिक गरिसक्नुपर्छ ।

    सार्वजनिक सूचीअनुसार चालू आर्थिक वर्षका लागि मार्जिन कारोबार गर्न पाउने कम्पनीमा १७ वटा वाणिज्य बैंक, आठ वटा विकास बैंक, पाँचवटा वित्त कम्पनी, १३ वटा जलविद्युत् कम्पनी, १० वटा बीमा कम्पनी र २९ वटा लघुवित्त कम्पनी छन् ।

    त्यस्तै तारागाउँ होटल रिजेन्सी लिमिटेड, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र शिवम् सिमेन्ट लिमिटेडले पनि मार्जिन कारोबारको सुविधा पाउनेछन् ।

    यी कम्पनीका लगानीकर्ताले मार्जिन कारोबार सुविधा पाउनका लागि धितोपत्र दलाल व्यवसायीसमक्ष मार्जिन कारोबारका लागि खाता खोल्नुपर्छ । धितोपत्रको मार्जिन कारोबार गर्ने अनुमति पाएका दलाल व्यवसायीले मात्रै मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्छन् ।

    यी हुन् मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरु


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend