मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

छैटौँ जितको प्रतीक्षामा झलनाथ खनाल

छैटौँ जितको प्रतीक्षामा झलनाथ खनाल

इलाम । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारूढ गठबन्धन दलका तर्फबाट इलाम निर्वाचन क्षेत्र नम्बर १ का प्रत्याशी हुन् । उनीसँगै नेकपा एमालेबाट महेश बस्नेत प्रतिस्पर्धामा छन् ।

उनी इलामबाट सातौँ पटक चुनाव लड्दै छन् । छ पटक विजयी भइसकेका खनाल एकपटक कांग्रेसका उम्मेदवार बेनुपराज प्रसाईंसँग पराजित भएका थिए । विसं २०४८ पछिका छ मध्ये पाँचवटा चुनाव जितेका उनी छैटौँ जितको प्रतीक्षामा छन् ।

विसं २०४८ को आमनिर्वाचन विजयी बन्दै संसद् भवन छिर्ने अवसर पाएका नेता खनाल त्यसयता २०५१ को मध्यावधि निर्वाचन, २०६४ सालको पहिलो संविधानसभा निर्वाचन, २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएको थिए । उनी २०५६ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मा पराजित भएका थिए ।

विसं २०७४ को चुनावमा नेपाली कांग्रेसका भुपेन्द्र कट्टेललाई १७ हजारभन्दा बढी मतान्तरले पराजित गरेका खनाललाई यस पटक तिनै उम्मेद्वारसहित दलको साथ रहेको छ । पूर्व सहकर्मी तथा हाल एमाले जिल्ला अध्यक्ष बस्नेतसँगको भीडन्त खनालका लागि उति सहज भने पक्कै छैन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलको साथ खनाललाई छ ।

नेता खनालले यो आफ्नो अन्तिम प्रतिस्पर्धा भएको बताइसकेका छन् । इलाममा जन्मिएका उनी २०४६ को जनआन्दोलनपछिको अन्तरिम सरकारमा वन तथा वातावरणमन्त्री भएका थिए । विसं २०५३ मा सूचना तथा सञ्चारमन्त्री भएका उनी २०६७ माघ २० गते प्रधानमन्त्री भएका थिए ।

गत स्थानीय निर्वाचनमा इलाम–१ मा वडाअध्यक्षले पाएको दलगत रूपमा प्राप्त मत हेर्दा एमालेले २६ हजार दुई सय ३३ मत पाएको छ । नेपाली कांग्रेसले २५ हजार सात सय मत पाएको थियो ।

त्यस्तै एकीकृत समाजवादीका वडाअध्यक्षका उम्मेदवारले नौ हजार चार सय ८१, जनता समाजवादी पार्टीले एक हजार आठ सय २९, नेकपा माओवादी केन्द्रले एक हजार दुई सय ३५ र राप्रपाले एक हजार एक सय ६९ मत पाएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend