logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • मतदाता शिक्षा कार्यक्रममा कठिनाई भएको गुनासो, परिचय पत्रको तत्काल व्यवस्था गर्न निर्वाचन आयोगसँग माग

    मतदाता शिक्षा कार्यक्रममा कठिनाई भएको गुनासो, परिचय पत्रको तत्काल व्यवस्था गर्न निर्वाचन आयोगसँग माग

    1.4K
    Shares
    मतदाता शिक्षा कार्यक्रममा कठिनाई भएको गुनासो, परिचय पत्रको तत्काल व्यवस्था गर्न निर्वाचन आयोगसँग माग

     

    काठमाडौं । मतदाता शिक्षा कार्यक्रमका लागि काठमाडौंमा खटिएका महिला स्वास्थ्य स्वयमसेविकाहरुले आफूहरुलाई काम गर्न कठिन भईरहेको बताएका छन । आईतबार बिहान काठमाडौंको नक्सालमा घरदंैलो गरिरहेका उनीहरुले परिचय पत्र नभएको कारण आफूहरुलाई मतदाता शिक्षा दिने काममा कठिनाई भईरहेको प्रतिक्रिया दिएका हुन ।

    तत्काल सो परिचय पत्र उपलब्ध गराई मतदाता शिक्षा कार्यक्रमलाई सहज बनाउने काममा सहयोग गर्न उनीहरुले निर्वाचन आयोगसँग माग समेत गरेका छन । परिचय पत्र नभएकाले आफूहरुलाई मतदाताहरुले घरको गेटसमेत नखोलिदिने गरेको काठमाडौं महानगरपालिका वडा नम्बर १ की महिला स्वास्थ्य स्वयमसेविका शर्मिला मानन्धरले प्रतिक्रिया दिइन् । उनले परिचय पत्रको अभावमा काम गर्न कठिनाई भएको उल्लेख गर्दै तत्काल परिचय पत्रको व्यवस्था गरिदिन पनि निर्वाचन आयोगसँग माग गरिन् । महिला स्वास्थ्य स्वयमसेविका मानन्धरले भनिन्, ‘मतदाता शिक्षा कार्यक्रमका लागि यो पटक हामीलाई परिचय पत्र पनि छैन । अनि मानिसहरुले यसो हेर्छ । अनि, पार्टीबाट आएको होला, छैन् । जाउँजाऊ तल राखेर भनेर गेट लगाएर जानु हुन्छ । हामीलाई यो काम गर्न जाँदाखेरी एकदम गेटमा घण्टी पनि नराखिदिने, मान्छे पनि आउने एकदम समस्या छ । निर्वाचन आयोगले पनि मतदाता शिक्षा कार्यक्रम छ । उहाँहरुलाई यसो सहयोग गरिदिनुस भनेर सूचना दिनुपर्ने हो नि । काम गर्न एकदम गाह्रो भईरहेको छ ।’

    मतदाताहरुमा भोट हाल्न जाने कुरामा उदासिनता पाइएको पनि महिला स्वास्थ्य स्वयमसेविकाहरुको बुझाई छ । भोट होलेर के हुन्छ ? भनेर मतदाताहरु मत हाल्न नै अनिच्छुक देखिएको पनि महिला स्वास्थ्य स्वयमसेविका मानन्धरले बताइन् । उनले भनिन्, ‘आमा, बुबा मात्रै यहाँ भएको कारणले पनि होला । भोट होल्ने बेलामा नेताहरुले कसरी लैजानु हुन्छ ? त्यो चाँही थाहा भएन । आफैं आउने इच्छा चाँही खासै छैन उहाँहरुको । कोही चाँही एकदम इन्ट्रेष्टेट नै छ । कोहीकोही चाँही आ हालेर के हुन्छ ? भन्ने त्यस्तो यान्सर पनि दिनु भयो ।’

    निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई मतदाता शिक्षा कार्यक्रम सबै वडाहरुमा संचालन गर्ने जिम्मेवारी दिएको छ । जस अनुसार वडा सचिवको नेतृत्वमा बनाइएको मतदाता शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि महिला स्वास्थ्य स्वयमसेविकाहरु घरघरमा पुगेको काठमाडौं महानगरपालिका वडा नम्बर १ का सहायक वडा सचिव सर्वज्ञराज पौडेलले जानकारी दिए । उनले भने, ‘वडा सचिवको संयोजकत्वमा ३ सदस्यीय मतदाता शिक्षा कार्यक्रम संचालन भईरहेको छ । हाम्रो यो वडा नक्साल, दरबारमार्ग, ज्ञानेश्वर, गैरीधारा, लैनचौंरसम्मको क्षेत्रमा पर्दछ । स्वास्थ्य स्वयमसेविकाहरु मतदाता शिक्षाका लागि मतदाताहरुको घरघरमा पुगिरहनु भएको छ । यो कार्यक्रम कात्तिक १८ गतेदेखि मंसीर १ गतेसम्म निरन्तर चल्नेछ ।’

    मतदाता शिक्षा कार्यक्रम देशभर गत कात्तिक १८ गतेबाट सुरु भएको छ । यो कार्य मंसीर १ गतेसम्म चल्ने पनि सहायक वडा सचिव पौडेलले बताए । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अव ७ दिन मात्रै बाँकि छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend