आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

नेता होइन राष्ट्र सेवक भएर काम गर्नका लागि मेरो उम्मेदवारी होः कुन्ति पोख्रेल

नेता होइन राष्ट्र सेवक भएर काम गर्नका लागि मेरो उम्मेदवारी होः कुन्ति पोख्रेल

काठमाडौं । काठमाडौं क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा राप्रपा केन्द्रीय सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले आममतादाता माझ आफू नेता बन्नको लागि नभई राष्ट्रसेवक भएर काम गर्न चुनाव लडेको बताएकी छिन् । उनले काठमाण्डौ क्षेत्र नं २ शखंरापुर नगरपालिकाको वडा नं २ का मतदातासँग भेटघाटका क्रममा यस्तो बताएकी हुन् ।

उनले मतदाता नेता कार्यकर्ताको आम समर्थन बृद्धि भइरहेको र आफु जित्नेमा विश्वस्त रहेको उल्लेख गरेकी छिन् । उनले भनिन्, ‘म नेपालमा कहिल्यै पनि नेता बन्ने छैन तपाइ आम मतादाताले जिताउनु भयो भने म राष्ट्रसेवक भएर काम गर्ने छु तपाइहरुकै घर आँगनमा आएर हामी काम गर्ने छौ यहाँहरुसंग मेरो बरोबर भेटघाट भइरहने छ । उनले नेपालका नेताहरुले जनताको शक्ति लगेर जाने तथा उनीहरुले जितेपछि फेरी भेट्न नआउने हुनाले अव परिवर्तनको आवश्यक्ता रहेको बताइन् ।

यति बेला काठमाण्डौ क्षेत्र नं २ मा उनले बनाएका योजनाहरुले यहाँका आम जनताको मन र विश्वास जित्न सफल रहेको विभिन्न मानिसहरुले बताइरेहका छन् । यो समय उनले आफ्नो नेपाली समाजको सुनौलो दिनहरु आइरहेकाले राम्रा उम्मेदवारलाइ भोट हालेर जिताउन आग्रह गरेकी छिन् ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend