logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि, ३० जना निको

    देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि, ३० जना निको

    5.6K
    Shares
    देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि, ३० जना निको

     

    काठमाडौं । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १९ सय ८५ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार कुल नमुनामध्ये सात सय ७४ जनाको पिसिआर र १२ सय २१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । यसअवधिका ३० जना संक्रमणमुक्त पनि भएको छन् । नेपालमा हाल पाँच सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend