काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । सोमबार नेप्सेले १० वर्ष अवधिको ‘११ % डिबेञ्चर २०८९’ एक हजार रुपैयाँ अंकितदरको क्रम संख्या १ देखि ३० लाख थान कुल कित्ता ऋणपत्र सूचीकृत गराएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै मंलबारदेखि कारोबारमा आउने छ ।