सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

आगामी निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुन्छः प्रवक्ता महत

आगामी निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुन्छः प्रवक्ता महत

 

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दावी गरेका छन् । सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रवक्ता महतले निर्वाचन पछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने समेत दोहो¥याए । उनले भने, ‘सत्तारुढ गठबन्धनले फराकिलो बहुमतले हामी विजयी हुनेछ । र यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ । हाम्रो प्रचार अभियान देशभर जारी छ ।’

मुलुकलाई स्थिरतासहित समृद्धिको दिशामा अघि बढाउन सत्तारुढ गठबन्धनको विकल्प नभएको उनको भनाई थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend