logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • बैंकहरूले ब्याजदर नघटाउने

    बैंकहरूले ब्याजदर नघटाउने

    2.1K
    Shares
    बैंकहरूले ब्याजदर नघटाउने

    काठमाडौं । मंसिर महिनमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । मंगलबार बिहान बसेको बैंकर्स संघको बैंठकले अर्थतन्त्रको सूचकहरुमा स्थिर नै रहेकोले ब्याजदरमा तल-माथि गर्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेको बैंकर्स संघको उपाध्यक्ष सुनिल केसीले बताए ।

    ‘मुख्य आर्थिक सूचकहरु पहिलेकै ठाउँमा छन् । मुद्रास्फीति पहिलेकै ठाउँमा छ,’ उनले भने, ‘मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले लिने लक्ष्यअनुसार पुसमा ब्याजदर तल-माथि गर्नर् सकिन्छ । अहिले यथावत राख्ने कुरा भएको छ ।’ यसबाहेक कुनै औपचारिक सहमति पनि नगरिएको उनले बताए ।

    भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा ९.०३ र बचतमा न्युनतम ६.०३ देखि अधिकतम ९.०३ प्रतिशत ८.०३ प्रतिशत ब्याजदर रहेको थियो ।

    असोजमा १० प्रतिशतका दरले वृद्धि भएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ र अधिकतम ९.१३३ प्रतिशतसमम पुगेको छ ।

    राष्ट्र बैंकले रेमिट्यान्स निक्षेपमा साधारण निक्षेपभन्दा मुद्दती तथा बचतमा थप १ प्रतिशत बिन्दुले थप ब्याज दिनुपर्ने व्यवस्था गरेको छ । कतिपय बैंकले भने रेमिट्यान्स मुद्दतीमा १५.१३ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन् । असोजमा पनि बैंकहरुले व्यक्तिगत मुद्दतीमा १२.१३३ प्रतिशतको आधारमा बचतमा राष्ट्र बैंकको निर्देशनअनुसार व्यक्तिगत मुद्दतीको अधिकतम ५ प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी ब्याजदर प्रकाशित गर्ने सहमति भएको उनले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend