काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको मंसिर १ गते सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।