
काठमाडौं । निर्वाचन आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेको छ।
गाउँपालिकाले मिति २०७९ /०५/२५ गतेको सूचनाबाट करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी रहेको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘…तहाँबाट निर्वाचन आचारसंहिता, २०७९ लागू रहेको अवस्थामा अगाडि बढाइएको करार शिक्षक नियुक्ति प्रक्रिया सम्बन्धमा के कसो भएको हो? यदि निर्वाचन आचारसंहिता, २०७९ को विपरीत हुने गरी करारमा शिक्षक नियुक्ति गरिएको हो भने उक्त नियुक्ति बदर गर्नु नपर्ने कारण के हो? यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको ईमेल ठेगानामा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ। अन्यथा कानुन बमोजिम कारबाही हुनेछ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend