logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • निर्वाचन आयोगले मतदानको ३ दिनभित्र मतगणना सम्पन्न गर्ने, यस्तो छ प्रक्रिया

    निर्वाचन आयोगले मतदानको ३ दिनभित्र मतगणना सम्पन्न गर्ने, यस्तो छ प्रक्रिया

    1.7K
    Shares
    निर्वाचन आयोगले मतदानको ३ दिनभित्र मतगणना सम्पन्न गर्ने, यस्तो छ प्रक्रिया

    काठमाडौं । निर्वाचन आयोगले मतदान भएको ३ देखि ५ दिनभित्र सबै क्षेत्रको मतगणना सम्पन्न गर्ने लक्ष्य लिएको छ । मंसिर २० गतेसम्म मतगणनाको सम्पूर्ण प्रक्रिया पूरा गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयोगले जनाएको छ ।

    जुन ठाउँमा उम्मेदवारको मनोनयन गरेको हो सोही कार्यालयमा मतगणना हुने निर्वाचन आयोगका सहप्रवक्ता ऋषिराम भुसालले बताए । उनले भने– ‘मतगणना निर्वाचन अधिकृतको कार्यालयमा हुन्छ । सबै मतदानस्थलबाट निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आइसकेपछि सर्वदलीय बैठक बस्छ र मतगणनाको काम सुरु हुन्छ । मतगणना कार्यमा उम्मेदवारका प्रतिनिधि बस्न पाउने व्यवस्था हुन्छ । मतगणना निर्देशिकामा तोकेका व्यक्तिहरू मतगणनास्थलमा बस्न पाउने व्यवस्था हुन्छ । निर्वाचन पर्यवेक्षकहरुलाई पनि अलि टाढाबाट मतगणना हेर्न पाउने व्यवस्था हुन्छ ।’

    मतगणना गर्दा सम्भव भएसम्म प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली दुवैको एकैपटक गरिने उनले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend