logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कास्कीमा ११ बजेसम्म १५ प्रतिशत मत खस्यो

    कास्कीमा ११ बजेसम्म १५ प्रतिशत मत खस्यो

    3.2K
    Shares
    कास्कीमा ११ बजेसम्म १५ प्रतिशत मत खस्यो

    कास्की । कास्कीमा जारी मतदानमा विहान ११ बजेसम्म १५ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले ११ बजेसम्म १५ प्रतिशत मत खसेको जानकारी दिए ।

    चिसोका कारण विहानको समयमा अधिकांश केन्द्रमा मतदाताको उपस्थिति कम रहेको र अहिले उपस्थिति बढेको उनले बताए ।

    जिल्लाका तीन सय ४४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख होमनाथ पराजुलीले जानकारी दिए ।

    जिल्लामा निर्वाचनका लागि दुई हजार सात सय ५२ जना कर्मचारी खटाइएको छ । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र छन् । यसपटकको निर्वाचनमा जिल्लाभर दुई लाख ६४ हजार चार सय ५६ जना मतदाता छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend