सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

धादिङमा १ बजेसम्म जम्मा २२ प्रतिशत मतदान

धादिङमा १ बजेसम्म जम्मा २२ प्रतिशत मतदान

धादिङ । दुई वटा निर्वाचन क्षेत्र रहेको धादिङमा अपरान्ह १ बजेसम्म जम्मा २२ प्रतिशत मतदान भएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार अपरान्ह १ बजेसम्म कुल २२ दशमलव ४३ प्रतिशत मतदान भएको हो ।

दुईवटा निर्वाचन क्षेत्र रहेको धादिङमा अपरान्ह १ बजेसम्म जम्मा ५९ हजार ६६४ जनाले मतदान गरेका छन् । मतदान गर्नेमध्ये पुरुषको सङ्ख्या ३५ हजार १८७ रहेको छ भने महिलाको सङ्ख्या २४ हजार ४७७ रहेको छ ।

धादिङको निर्वाचन क्षेत्र नम्बर १ मा कुल १ लाख ३२ हजार ३५४ जना मतदाता रहेका छन् भने त्यहाँ ५३ वटा मतदान स्थल राखिएको छ । त्यसैगरी १ लाख ३३ हजार ६४२ जना मतदाता रहेको धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा ६१ वटा मतदान स्थल रहेको छ ।

धादिङ जिल्लामा कुल २ लाख ६५ हजार ९९६ जना मतदाता रहेका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend