
नवलपुर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी मतदानमा पूर्वी नवलपरासीमा दिउँसो २ः३० बजेसम्म ४५ प्रतिशत मत खसेको छ ।
दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेको यस जिल्लामा एक लाख १० हजार सात सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यहाँका तीन सय दुई मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको निर्वाचन कार्यालयको भनाइ छ । थोरै मतदाता रहेको पहाडी भेगमा उत्साहजनकरुपमा मतदान भइरहेको कार्यालयले बताएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend