ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं २ मा रहेको फूलबारी मतदान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ ।
विवादपछि दुई पक्षका कार्यकर्ताबीच झडप भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिए । झडप नियन्त्रणका लागि चार राउन्ड हवाई फायर र लाठी चार्ज गर्नुपरेको उनले बताए ।
झडपका कारण केही समयका लागि मतदान रोकिएको छ । रोकिएको मतदान सुरु गर्न प्रयास भइरहेको छ ।