तेह्रथुम । तेह्रथुमको एउटा मतदान केन्द्रमा पुनः मतदान गरिने भएको छ । छथर गाउँपालिका– १, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा मतपेटिका गलत परेको भन्दै पुनः मतदानको माग उठेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार भएको मतदानमा प्रत्यक्षतर्फको मतपेटिकामा नै प्रतिनिधिसभाकै मतपत्र बाट दुवै तहको मतदान भएको पाइएपछि पुनः मतदानको कुरा उठेको थियो ।
यसपछि आइतबारको मतदान रद्द गरी मंगलबार पुनः मतदान गराउन माग गर्दै मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले निर्वाचन आयोग समक्ष सिफारिस पठाएको बताइएको छ ।