सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

कास्की–३ मा एमालेका दामोदरले बनाए अग्रता

कास्की–३ मा एमालेका दामोदरले बनाए अग्रता

पोखरा । कास्की क्षेत्र नं. ३ मा सुरुआतदेखि नै निरन्तर अग्रता लिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै नेकपा एमालेले अग्रता लिएको छ ।

मंगलबार बिहान १० बजेसम्मको मतगणनाअनुसार रास्वपाका उम्मेदवार योगराज पौडेललाई पछि पार्दै नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’ले अग्रता लिएका हुन् । बैरागीले ४ हजार ५५१ मत ल्याएका छन् । रास्वपका उम्मेदवार पौडेल ४ हजार १८६ मतसहित दोस्रो स्थानमा छन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका रामजी बराल तेस्रो स्थानमा छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend