सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सिन्धुपाल्चोक–१ को अपडेटः एमाले अगाडि

सिन्धुपाल्चोक–१ को अपडेटः एमाले अगाडि

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नौ हजार नौ सय ३२ मतगणना हुँदा क्षेत्र नं १ मा नेकपा (एमाले)का सरेश नेपालले चार हजार एक सय ४९ मत प्राप्त गरेका छन् ।

त्यस्तै लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार माधव सापकोटाले तीन हजार सात सय २२ मत प्राप्त गरेका छन् । क्षेत्र नं १ प्रदेश (१) मा कांग्रेसका मसिना खड्का तीन हजार सात सय १० र एमालेका युद्धविक्रम लामाले तीन हजार तीन सय २४ मत प्राप्त गरेका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गरेका छन् । जारी मतगणनामा बस्नेतले चार हजार ६ सय १६ मत प्राप्त गर्नुभएको छ भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले दुई हजार नौ सय ३९ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं २ प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल चार हजार पाँच सय २९ एमालेका अमानसिं तामाङले दुई हजार आठ सय ४४ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend