आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

चार दलीय गठबन्धनकी साझा उम्मेदवार तथा बहालवाला मन्त्रीको पोजिसन तेश्रो

चार दलीय गठबन्धनकी साझा उम्मेदवार तथा बहालवाला मन्त्रीको पोजिसन तेश्रो

काठमाडौं । ललितपुरको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा। तोसिमा कार्कीले अग्रता बढाएकी छन् । एमालेका अमृत खड्कासँग अहिले उनको १५५९ मतको दुरी छ ।

पछिल्लो अपडेट अनुसार तोसिमाको चुनावचिन्ह घन्टीमा अहिलेसम्म ६ हजार २ सय ६९ मत खसे्को छ । एमालेले ४ हजार ७ सय १० मत ल्याएको छ ।

तोसिमाले अग्रता बढाउदै गर्दा नेकपा माओवादी केन्द्रको तर्फाबाट गठबन्धनकी साझा उम्मेदवार तथा बहालवाला मन्त्री पम्फा भुसाल  तेश्रो नम्बरमा पुगेकी छन्  । उनले २ हजार ६ सय ९४ भोट ल्याएकी छन् । अहिलेसम्म यस क्षेत्रमा १५ हजार ४०० भोट गनिसकिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend