logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • एकीकृत समाजवादी समानुपातिकतर्फ १०औँ नम्बरमा, राष्ट्रिय दल नबन्ने खतरा

    एकीकृत समाजवादी समानुपातिकतर्फ १०औँ नम्बरमा, राष्ट्रिय दल नबन्ने खतरा

    65.2K
    Shares
    एकीकृत समाजवादी समानुपातिकतर्फ १०औँ नम्बरमा, राष्ट्रिय दल नबन्ने खतरा

    काठमाडौं ।  माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी समानुपातिकतर्फ १० औ नम्बरमा पुगेको छ ।

    निर्वाचन आयोगको तथ्यांक अनुसार प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत समाजवादीले जम्मा ५४०३ मत प्राप्त गर्दै अहिलेसम्म मत पाउने दलको स्थान मध्य १०औँ नम्बरमा पुगेको हो ।

    अहिलेसम्म नेकपा एमाले १ लाख १३ हजार ४ सय ३६ मत सहित समानुपातिकतर्फ पहिलो दल बन्न सफल भएको छ । दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले अहिलेसम्म ९७ हजार ८२ मत पाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४९०२९ मत पाएको छ ।

    चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ४१८२३ मत पाएको छ । पाँचौं स्थानमा रहेको राप्रपाले २७८२१ मत पाएको छ । यसैगरी, जसपा नेपालले ९०१९, जनमत पार्टीले ८४८४, नागरिक उन्मुक्ति पार्टीले ६०५९ मत पाएको छ ।  नेपाल मजदुर किसान पार्टीले ५६७१ मत प्राप्त गरेको छ । र अन्यकाे २१७०४ मत आएको छ ।

    राष्ट्रिय दल नबन्ने खतरा

    मतको प्रारम्भिक रुझान हेर्दा १० औ नम्बरमा रहेको एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने खतरा बढेको छ। राजनीतिक दल सम्बन्धी ऐन अनुसार प्रतिनिधिसभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिक तर्फ दलहरूले प्राप्त गरेको कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्छ।

    गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मध्ये ६१ प्रतिशत मतदानमा सहभागी हुँदा देशभरबाट एक करोड ९ लाख ७० हजार बढी मतदान भएको देखिन्छ।

    बिगतका नजिरहरु हेर्दा तीन प्रतिशतको हाराहारीमा मत बदर हुने गरेका छन्। यदि तीन लाखको हाराहारी मत बदर भएको अवस्थामा एक करोड ६ लाख मतको तीन प्रतिशत मत ल्याउने दलले समानुपातिक प्रणालीबाट संसद्मा आफ्ना उम्मेदवार निर्वाचित गराउन सक्छ।

    तसर्थ बदर भएको मत घटाएर कुल सदर मतको तीन प्रतिशत मत तीन लाख २० हजार आसपास हुन आउँछ तर अहिलेको रुझान हेर्दा एकीकृत समाजवादी त्यति मत ल्याउन कठिन देखिन्छ ।

    प्रत्यक्ष तर्फ भने केही सिट जित्ने निश्चित भएको एकीकृत समाजवादीले  समानुपातिक तर्फ तीन प्रतिशत पुर्याउन नसकेको खण्डमा राष्ट्रिय दलको मान्यता पाउने छैन। “प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गर्नेछ,” ऐनमा भनिएको छ।

    एकीकृत समाजवादीले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ केहि  सिट  जिते पनि समानुपातिकमा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन उसलाई मुस्किल देखिन्छ।

    अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा जम्मा पाँच वटा दलले मात्रै समानुपातिक तर्फ तीन प्रतिशत भन्दा बढी मत ल्याएका थिए।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend