logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रचण्डलाई ओलीको फोनको अर्थ : के सम्भव छ एमाले–माओवादी सरकार ?

    प्रचण्डलाई ओलीको फोनको अर्थ : के सम्भव छ एमाले–माओवादी सरकार ?

    16.1K
    Shares
    प्रचण्डलाई ओलीको फोनको अर्थ : के सम्भव छ एमाले–माओवादी सरकार ?

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबार टेलिफोन गरेका छन् ।नेकपाको आन्तरिक शक्ति संघर्षसँगै प्रतिनिधि सभा विघटन गरेपछि ओली र दाहालबीचको दूरै निकै बढेको छ । बालुवाटारमा एक पटक भएको मुख्य दलको बैठकबाहेक दुई नेताबीच भेट भएको छैन ।

    ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले प्रचण्डसँग फोनमा कुरा भएको पुष्टि गरेका छन् । उनले विशुद्ध शुभकामना साटासाटमात्रै भएको बताए ।

    अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुधबार साँझ फोन गरेर बधाई दिएका थिए । दाहालको सचिवालयले पनि शुभकामना साटासाट भएको बताएको छ । दाहालले चुनावपछि विगतको समीक्षा र आगामी यात्राबारे कुरा गर्ने जनाएका छन् ।

    चुनावी नतिजा आइनसक्दै ओलीले सुरु गरेको शुभकामना संवाद धेरै अर्थपूर्ण छ । ओली सितिमिति औपचारिक सम्बन्धमा चासो राख्दैनन् । तर, पाँच दलीय गठबन्धनका बीच कांग्रेस हाराहारीकै शक्ति कायम गरेका ओलीले भावी सरकार यात्राबारे नजिकबाट नियालिरहेका छन् ।

    बालकोटमा बुधबार साँझ पुगेका ललितपुरका नेताहरुसँग पनि अध्यक्ष ओलीले आफ्नो धारणा सार्वजनिक गर्ने बेला भइनसकेको बताएका थिए । आगामी सरकारका लागि कांग्रेस वा एमालेले माओवादीसहितको समिकरण बनाउनैपर्ने बाध्यता छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend