आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

ओलीको आशंका– चुनावी नतिजाले मुलुक थप अस्थिर

ओलीको आशंका– चुनावी नतिजाले मुलुक थप अस्थिर

झापा– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुक थप अस्थिर हुने आशंका व्यक्त गरेका छन् ।

निर्वाचित भएपछि गृहनगर दमकस्थित निवासमा रहेका अध्यक्ष ओलीले २०७२ पछि ओलीको नेतृत्वमा स्थिरतातर्फ उन्मुख राजनीतिलाई जारी चुनावी नतिजाले नेपाललाई थप अस्थिरता र संशयतर्फ उन्मुख गराएको ओलीको भनाइ छ । यो निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको उनले तर्क गरे ।

उनले सरकार निर्माण गर्दा झन् विकृति पैदा हुने अवस्था आएको ओलीको भनाइ उद्धृत गर्दै एमाले प्रचार विभाग सदस्य चेतन अधिकारीले जानकारी दिए । ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

ओलीले एमाले मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार निर्वाचनको परिणाम भने नआएकाले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । उनले अबको एक–दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend