आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

गठबन्धनलाई जिल्लाबाटै पत्तासाफ पार्ने पर्वतका पदम

गठबन्धनलाई जिल्लाबाटै पत्तासाफ पार्ने पर्वतका पदम

काठमाडौँ –  गत प्रतिनिधि सभामा सबैभन्दा कान्छा सांसदको रुपमा परिचित थिए पर्वतका पदम गिरी ।

देशकै सबैभन्दा बढी बिधार्थीले अध्यन गर्ने पोखराको पृथ्वीनारायण क्याम्पसको सभापति बनेर बिधार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा प्रवेश गरेका गिरी एमालेको सम्भावना भएको युवा नेतामा पर्छन।

एमाले पर्वत जिल्ला अध्यक्ष समेत रहेका उनले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा जिल्लाबाटै गठबन्धनलाई पत्तासाफ गरेर आफ्नो नेतृत्वदायी क्षमता प्रस्तुत गरेका छन्।

बिधार्थी राजनीतिबाट युवा अवस्थामै राजनीतिमा होमिएका उनले गत निर्वाचनमा पर्वतबाट लगातार तीन पटक निर्वाचन जितेका नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुन जोशीलाई भारी मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यको ढोका खोल्न सफल बनेका थिए।

दोह्रोरीयर पुन निर्वाचनमा गएका धेरै सांसदले पराजय भोगीरहेको अवस्थामा उनले भने जनतामा आफ्नो लोकप्रियता कायम रहेको सन्देश प्रवाह गर्दै ‘ह्याट्रिक’  गर्ने तिनै अर्जुन जोशीलाई भारी मतले पराजित गरेर धौलागीरीमै हाबी बनेको  गठबन्धनलाई पर्वतबाट पत्तासाफ बनाउन सफल भएका छन् ।

त्यसो त उनकै नेतृत्वमा गत स्थानीय तहको निर्वाचनमा जिल्लाका सातवटै स्थानीय तहमा एमालेका बहुमत सदस्य निर्वाचित बनाउन सफल भएका थिए  । अघिल्लो स्थानीय निर्वाचनमा बहुमत गुमाएका पालिकामा समेत यसपटक बहुमत सदस्य निर्वाचित गराउन एमाले सफल भयो । यसमा गिरीको नेतृत्वदायी भूमिकाले काम गरेको नेताहरु बताउछन।

गिरी पर्वतबाट निर्वाचित भएपछी उनको कार्यकाल पर्वत जिल्लाको बिकासमा एक कोशेढुंगा साबित भएको र त्यसकारण पनि एमालेलाई जिल्लामा रुचाएको चर्चा जिल्लामा हुने गरेको छ।

पर्वतबाट गठबन्धनलाई पराजित गर्दै प्रतिनिधि सभामा पदम गिरी र प्रदेश सभामा भरतभक्त केसी, मित्रलाल शर्मा बिजयी भएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend