काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार झलनाथ खनाल इलाम–१ मा एक हजार ९६० मतले पछाडि परेका छन्।
शुक्रबार अपराह्न साढे ३ बजेसम्म ३२ हजार ५८७ मत गणना हुँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतले १४ हजार २०३ मत पाएका छन्। खनालले १२ हजार २४३ मत पाएका छन्।
यो क्षेत्रमा ५९ हजार १३६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बुधबार विवाद हुँदा मतगणना रोकिएको थियो। जसले गर्दा मतगणनामा ढिलाइ भएको हो।