आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

अहिलेकै सत्ता गठबन्धनको सरकार बनाउने विषयमा देउवा र प्रचण्डबीच छलफल

अहिलेकै सत्ता गठबन्धनको सरकार बनाउने विषयमा देउवा र प्रचण्डबीच छलफल

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भेटमा अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको उनीहरु निकट नेताहरुले बताएका छन् ।

निर्वाचनको परिणाम आउने क्रम जारी रहेकै बेला शनिबार विहान देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको सहकार्यलाई निरन्तरता दिने गरी छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

सरकारमा सहभागी दलहरुकै भावी सरकार बनाउने गरी छलफल गर्न बैठक बोलाउने दुई नेता बीच सहमति बनेको परियारको भनाई छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend