आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

माधव नेपालको समानुपातिक मत ‘अस्वभाविक बढेको’ ओलीको सङ्केत

माधव नेपालको समानुपातिक मत ‘अस्वभाविक बढेको’ ओलीको सङ्केत

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको समानुपातिक मत ‘अस्वभाविक बढेको’ सङ्केत गरेका छन् ।

शनिबार साँझ फेसबुकमार्फत ओलीले पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिएको बताए । ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ। जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस्,’ ओलीको भनाइ छ, ‘मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु ।’

करिव ८० हजार मत रहेको नेकपा एकीकृतको समाजवादी शनिबार एकाएक वृद्धि भएर दुई लाख नजिक पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend