
काठमाडौैं । साताको दोस्रो कारोबार दिन (सोमबार) प्रि ओपन सेसनमा नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक करिब ३ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार ३२.४३ अंक बढेर १९६५.९८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.९५ अंक बढेर १९६८.९३ विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा १६ स्टकको १४ लाख ६१ हजार ४४८ रुपैयाँ ७९ पैसा बराबरको ३ हजार २४० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend