मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सुनसरी ४ मा मतगणना सुरु नगरिए सडक संघर्ष थाल्ने एमालेको चेतावनी

सुनसरी ४ मा मतगणना सुरु नगरिए सडक संघर्ष थाल्ने एमालेको चेतावनी

काठमाडौं । सुनसरी ४ को अवरुद्ध मत गणनाको विषयलाई लिएर एमालेले सडक संघर्ष थाल्ने चेतावनी दिएको छ । सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्य एमाले उमेदवार जगदीशप्रसाद कुसियैतले अवरुद्ध मत गणनाको विषयलाई लिएर सडक संघर्ष गर्ने चेतावनी दिएका हुन् ।

सोमवार पत्रकार सम्मेलनको आयोजना गरी एमाले उमेदवार कुसियतले मत गणनामा आलटाल भइरहेको र कानूनसंगत मत गणना गर्न आग्रह गरे । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानून विपरित विषय उठान गरी मत गणना अवरुद्ध पारेको उनको आरोप छ ।

मत गणनामा ढिलाइ भए एमाले सडक संघर्षमा उत्रन बाध्य हुने चेतावनी समेत दिए । सुनसरी ४ को प्रतिनिधि सभा तर्फको मत गणनामा कांग्रेसले धाँधलीको आरोप लगाएको छ । सो विषयलाई लिएर कांग्रेसले निर्वाचन अधिकृतको कार्यलयमा पुनः मत
गणनाको मागसहितको उजुरी हालेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend