
काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डाक्टर तोसिमा कार्कीले कामको सुरुवात गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो कामको सुरुवात भएको बताएकी छन् ।
लामो समयसम्म अलपत्र अवस्थामा रहेको नख्खु भैँसेपाटी सडक आयोजनालाई तिव्र गतिमा अघि बढाउन कार्कीले पहल थालेकी हुन् ।
उनले सडक विस्तार आयोजना प्रमुखलाई भेटेको तस्बिर सार्वजनिक गरेकी छिन्। लामो समयदेखि अवरुद्ध हुँदै आएको धुलाम्य सडक निर्माणमा भएको ढिलासुस्तिको बारेमा आयोजनाका प्रमुख कृष्ण ओझासँग कार्यकक्षमै पुगेर चासो राखेको उनले जनाएकी छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend