logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • पल शाहको न्यायको माग गर्दै पल शाह फ्यान क्लबले रक्तदान कार्यक्रम गर्ने

    पल शाहको न्यायको माग गर्दै पल शाह फ्यान क्लबले रक्तदान कार्यक्रम गर्ने

    4.2K
    Shares
    पल शाहको न्यायको माग गर्दै पल शाह फ्यान क्लबले रक्तदान कार्यक्रम गर्ने

    काठमाडौं । नाबालिग करणीको आरोपमा जेलभित्र रहेका अभिनेता पलको न्यायको माग गर्दै रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । पल शाह फ्यान क्लबले मंसिर १७ गते वसन्तपुरमा रक्तदान कार्यक्रममा गर्न लागेको हो । रक्तदान बिहान ८ बजेबाट सुरु हुनेछ ।

    पल कानुनी झमेलामा फस्नुअघि यो क्लबले उनको जन्मदिनमा विभिन्न सामाजिक कार्यहरु गर्ने गरेको थियो । अहिले भने उनको न्यायको माग गर्दै रक्तदान गर्न लागेको हो । पललाई गत भदौमा नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश जारी गरेको थियो । पल अहिले जिल्ला कारागार तनहुँमा छन् । नवलपुर अदालतले पलमाथि लागेको आरोपको विषयमा फैसला गरिसकेको भएपनि तनहुँ जिल्ला अदालतको मुद्दा भने विचाराधीन छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend