logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सेयर बजार ११.२२ अंकले बढेर १९६१.०६ बिन्दुमा पुग्यो

    सेयर बजार ११.२२ अंकले बढेर १९६१.०६ बिन्दुमा पुग्यो

    4.3K
    Shares
    सेयर बजार ११.२२ अंकले बढेर १९६१.०६ बिन्दुमा पुग्यो

    काठमाडौं । बिहीबार नेप्से परिसुचक ११.२२ अंकले बढेर १९६१.०६ बिन्दुमा पुगेको छ। यसैगरी हिजोको तुलनामा आज कारोबारमा पनि केही सुधार आएको छ ।

    आज १ अर्ब ३२ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। बुधबार ८४ करोड २६ लाख रुपैयाँको कारोबार भएको थियो। आज  १०७ कम्पनीको सेयर मूल्य बढ्दा ८४ कम्पनीको कम्पनीको सेयर मूल्य घटेको छ।

    यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८२ अङ्कले उकालो लागेर तीन सय ८३ दशमलव ६६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । यस्तै १० उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार कारोबार भएका दुई सय ४१ कम्पनीको ३८ लाख ६५ हजार नौ सय ६१ कित्ता शेयर  एक अर्ब ३२ करोड २९ लाख ७२ हजार एक सय ८५ मूल्यमा खरिद बिक्री भए ।

    नेप्सेका अनुसार कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको  १४ करोड ४५ लाख ५६ हजार सात सय ९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । त्यस्तै एनसिसी बैंकको संस्थापक शेयर  आठ करोड १३ लाख ५९ हजार एक सय १५, हिमाल दोलखा हाइड्रोपावर  सात करोड ७१ लाख ९४ हजार दुई सय ३५, हिमालयन डिस्टिलरी  सात करोड दुई लाख १५ हजार आठ सय ५०, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था  चार करोड ४९ लाख ६० हजार तीन सय २७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

    नेप्सेकाअनुसार धौलागिरि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । श्वेतगङ्गा हाइड्रोपावर नौ दशमलव २१, लाइफ इन्स्योरेन्स कर्पोरेशन पाँच दशमलव शून्य आठ, स्वाभिमान लघुवित्त चार दशमलव ९५ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले चार दशमलव ३९ प्रतिशतले कमाएका छन् ।

    यस्तै सिटिजन म्युचुअल फण्ड एक तीन दशमलव ६४, घलेम्दी हाइड्रोपावर दुई दशमलव ६३, रुरु जलविद्युत् परियोजना दुई दशमलव ५३, सयपत्री हाइड्रोपावर दुई दशमलव ४७ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले दुई दशमलव ४० प्रतिशतले गुमाएका छन् ।

    निर्वाचनको मतपरिणाम सकिनै लाग्दा आज नेप्से दोहोरो अंकले बढेको छ । लगानीकर्ताले अब कसको नेतृत्वमा सरकार बन्छ र विशेष गरी अर्थमन्त्री को बन्छ भन्ने कुरालाई नजिकबाट नियालि रहेका छन् ।

    यतिबेला लगानीकर्ता पर्ख र हेरको नीतिमा रहेकाले नयाँ सरकार गठन भएपछि मात्र बजारले एउटा गति लिने लगानीकर्ताको बुझाई छ । निर्वाचन पश्चात लगानीकर्ताले बजार माथि उक्लने अपेक्षा गरे पनि सो अपेक्षा अनुसार बजार बढ्न सकेको छैन । तर, ढिलो-चाँडो बजार बढ्ने नै छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend