बाजुरा । बाजुराको मतगणनामा दलहरू बिच सर्वसहमति नहुँदा मतगणना अझै सुचारु हुन सकेको छैन । बिहीबार साँझदेखि सुरु भएको मतगणनामा मुचुल्का भन्दा बढी मत भेटिएपछि दलहरु बिच विवाद उत्पन्न भएको हो ।
प्रतिधिसभा सदस्य तर्फको मतगणनाका क्रममा हिमाली गाउँपालिकाको मतदान केन्द्रमा सिलबन्दी गरिएको भन्दा ४० थान मतपत्र बढी देखिएको थियो भने प्रदेश सभा (२) तर्फ बुढीगंगा नगरपालिका ३ मा पनि मुचुल्का भन्दा बढी मत देखिएपछि विवाद उत्पन्न भएको हो ।