
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग मार्फत अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । बैंकका ग्राहकहरुले गरिमा डिजीटल बटुवा एपको प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपाल पे क्युआर स्क्यान गरी क्युआर मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।
साथै बैंकले नेपाल पे क्युआर मा विभिन्न मर्चेन्टहरु आवद्ध गराउने कार्यको पनि थालनी गरेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्युआर स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा नेपाल पे क्युआर स्थापना र सञ्चालनमा आएको हो । जस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै स्किमको मर्चेन्ट वा अन्य क्युआर स्किमसँग अन्तर आवद्धता कायम गरी प्रयोग गर्न सक्नेछन् ।
बैंकका व्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आवद्ध भएर आफ्ना ग्राहकहरुबाट गरिमा डिजीटल बटुवा अर्थात नेपाल पे क्युआर मा आवद्ध अन्य मोबाईल बैङ्गिक एप वा वालेट एप मार्फत सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्छन् ।
यसरी गरिमा विकास बैंकको मोबाईल बैङ्गिकमा नेपाल पे क्युआर जोडिदा रिटेल स्तरमा हुने विद्युतीय भुक्तानीमा थप वृद्धि हुने आशा गरिएको छ । साथै डिजिटल भुक्तानीलाई गरिमा बैंकले प्राथमिकतामा राखेको छ । गरिमा विकास बैंकले नेपालभरी १२१ वटा शाखा कार्यालयहरु र ५१ एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend