आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

ओलीले सिंहसँग भनेका थिए-कांग्रेस र एमाले मिलेर स्थायी सरकार बनाऔं, सभापतिलाई भन्दिनु

ओलीले सिंहसँग भनेका थिए-कांग्रेस र एमाले मिलेर स्थायी सरकार बनाऔं, सभापतिलाई भन्दिनु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्यका लागि तयार रहेको सन्देश पठाएका छन् ।

कांग्रेस नेता प्रकाशमान सिंहसँगको भेटवार्तामा ओलीले सत्ता सहकार्यको सन्देश पठाएको बालुवाटार उच्च स्रोतले बताएको छ । गत आइतबार कांग्रेस नेता सिंह ओलीइलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।

काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सिंह र झापा– ५ बाट निर्वाचित ओलीबीच बधाइ आदानप्रदान तथा आगामी सत्ता सहकार्यबारे कुराकानी भएको बुझिएको छ ।

‘सत्ता गठबन्धन बहुमत पुग–नपुग अवस्थामा छ । पुतली जस्तो सरकार बनाउनु भन्दा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएर जान सकिन्छ । हामी त्यसका लागि तयार छौं । तपाईको सभापतिलाई भन्नुहोला,’ सिंहसँग ओलीले सन्देश पठाएका थिए । सिंहले ओलीको उक्त सन्देश देउवालाई सुनाइसकेका छन् ।

वर्तमान गठबन्धनलाई पहिलो प्राथमिकतामा राखेका देउवाले ओलीको सन्देशलाई पनि ‘नोटिस’मा राखेको बालुवाटार स्रोतको दाबी छ । देउवा र सिंहसँग निकट रहेका कांग्रेसका एक नेताले भने, ‘सभापतिजीको पहिलो प्राथमिता वर्तमान गठबन्धन नै हो । तर ओलीजीको सन्देशलाई पनि सकारात्मक रुपमा लिनु भएको छ ।’ सत्ता गठबन्धन सम्बद्ध कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनमोर्चा र लोसपाको १३४ सिट पक्का जस्तै छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार जनमत पार्टीलाई साथमा लिएर १४० सिटसहित नयाँ सरकार बनाउने देउवाको गृहकार्य छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन आफू सकारात्मक रहेको बताइसकेका छन् । वर्तमान गठबन्धनलाई अगाडि बढाउने विषयमा गडबड भए मात्र एमालेसँग मिलेर सरकार बनाउन कांग्रेसले कसरत गर्ने बुझिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend