सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

चुनावको बेला भएका तितामिठा कुरा बिर्सिएर दोलखाको विकासका निम्ति लागौंः गंगा कार्की

चुनावको बेला भएका तितामिठा कुरा बिर्सिएर दोलखाको विकासका निम्ति लागौंः गंगा कार्की

काठमाडौं । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका नेता गंगा कार्कीले चुनावको बेला भएका तितामिठा कुरा बिर्सिएर दोलखाको विकासको निम्ति लाग्न आह्वान गरेका छन् । निर्वाचित भएपछि सन्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् ।

उनले दोलखाली जनताको विकास उन्नती र प्रगति नै सबैभन्दा मुख्य कुरा हो भन्दै त्यसमै केन्द्रित हुन आह्वान गरे ।

आफ्नो जित सबैको जित हो भन्दै उनले भने, ‘निर्वाचनको बेला थुपै्र तितामिठा कुरा भए होलान् । राम्रा नराम्रा कुरा भए होलान् । ती सबै कुरा बिर्सिएर, दोलखाको विकासका निम्ति लाग्न मलाई मत हाल्ने र नहाल्ने सबैलाई म अनुरोध गर्न चाहान्छु ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend