शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

अध्यक्ष प्रचण्डको चुनावी खर्च २२ लाख ६४ हजार रुपैयाँ

अध्यक्ष प्रचण्डको चुनावी खर्च २२ लाख ६४ हजार रुपैयाँ

गोरखा । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ का विजयी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन खर्च विवरण पेस गरेका छन् । निर्वाचनमा २२ लाख ६४ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण उनले जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका हुन् ।

दाहालको उम्मेदवार प्रतिनिधि भगवती भट्ट तिवारीमार्फत निर्वाचन खर्च विवरण पेस भएको जिल्ला निर्वाचन कार्यालयका गोरखामा प्रमुख टेकबहादुर कोइरालाले जानकारी दिए । सवारी साधन, प्रचार सामग्री, प्रचारप्रसार, प्रतिनिधि परिचालनमा उक्त रकम खर्च भएको दाहालले निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा उल्लेख छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend