सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

प्रभु र सेञ्चुरीबीच प्राप्ति सम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर

प्रभु र सेञ्चुरीबीच प्राप्ति सम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर

काठमाडौं । मर्जर प्रक्रियामा रहेका प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच बुधबार प्राप्ति (एक्विजिसन) अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पुस मसान्तदेखि एकीकृत कारोबार सुरू गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट रमेश सिंह खड़का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले हस्ताक्षर गरेका छन् । प्रभु बैंकले सेञ्चुरीलाई प्राप्ति गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले भदौ २० गते सैद्धान्तिक सहमति दिएको थियो ।

प्रभुले सञ्चुरीलाई १ः१ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । प्राप्ति सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा गत साउन १५ गते हस्ताक्षर भएको थियो । सम्झौताअनुसार मर्जरपछि प्रभु बैंककै सीइओ र अध्यक्ष रहने छन् । सेञ्चुरी बैंकबाट वरिष्ठ डेपुटी सीईओ र सञ्चालक समितिमा ३ जना समावेश हुने छन् ।

प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड र सेञ्चुरीको ९ अर्ब ५५ करोड छ । दुई बैंक मर्जरपछि कूल चुक्ता पूँजी २२ अर्ब २५ करोड पुग्नेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend