logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्छः प्रकाशमान सिंह

    नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्छः प्रकाशमान सिंह

    2.6K
    Shares
    नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्छः प्रकाशमान सिंह

    काठमाडौं । नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताएका छन् । बिहीवार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले विदेशीहरुलाई नेवारी संस्कृतिको माध्यमबाट नेपाल चिनाउनुपर्ने बताएका हुन् ।

    उनले नेवारी संस्कृति नेपाललाई विश्वमाझ चिनाउने सशक्त माध्यम भएको उल्लेख गर्दै यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए । नेता सिंहले नेवारहरुको पहिचान नै भाषाको पहिचान भएको भन्दै नेवारी भाषालाई पनि जोड दिएर अगाडी बढाउनुपर्ने बताए । उनले भने– ‘अब हामीले लामो कुरा गर्ने भन्दा पनि कामले गरेर देखाउनुपरेको छ । समय परिवर्तनशिल छ र परिवर्तित समय अनुसार हामीले आफ्नो समुदायलाई सुहाँउँदो किसिमले आफ्नो काम गर्ने तरिकामा, सोचमा, गराईमा हामीले समयको माग बमोजिम सिक्नुपर्छ र त्यही अनुसार अगाडी बढ्नुपर्छ । तर समय परिवर्तनशिल छ भन्दैमा हाम्रा पुर्खाहरुले स्थापित गरेको हाम्रो मौलिक संस्कृतिलाई पनि हामीहरुले पूरै अवमूल्यन (टोटल्ली माइनस) गर्न मिल्दैन भन्ने कुरामा सजग हुनुपर्छ । हाम्रो पहिचान भनेकै भाषाको पहिचान हो । नेवारी भाषाको जोड दिएर जुन रुपमा अगाडी बढाउनुपर्ने हो त्यसमा सबै मिलेर काम गर्नुपर्छ । यसलाई हामी सबैले महशुस गर्नुपर्छ । हाम्रो जुन संस्कृति छ । नेपालको विदेशीहरुले चिन्ने भनेकै नेवारी संस्कृतिबाट नेपाललाई चिनाउने सशक्त माध्यमको रुपमा अझ काम गरेर अगाडी बढाउनुपर्छ । यसमा ध्यान दिनुपर्छ ।’

    उनले पुर्खाहरुले स्थापित गरेका मौलिक संस्कृतिहरुलाई नयाँ पुस्ताले अवमूल्यन गर्नु नहुने बताए । यद्यपी समय अनुसार भने परिवर्तन भने हुँदै जानुपर्ने उनको भनाई छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend