
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताले मन पराएका छैनन् भने नेताहरुले फकाउन पनि सक्नुपर्ने बताएका छन्। भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले जनतालाई फकाउने, जनतालाई साथमा लिने, जनताको पीडालाई सम्बोधन गर्ने हो भने जनतालाई पुग्ने बताए।
अध्यक्ष नेपालले भने, ‘जनताको पनि असम्भव मागहरु कमै हुन्छन्। त्यसैले जनतासँग एकाकार हुने कुरा महत्त्वपूर्ण कुरा हो।’
उनले समाजमा नकारात्मकता बढिरहेको बताए। ‘यो नकारात्मकताबाट समाजलाई मुक्त गर्नुपर्छ। सकारात्मकतालाई अगाडि बढाऔं। सकारात्मक कुराहरुलाई प्रोत्साहन दिऔं। अघि बढ्नका लागि हौसला दिऔं। उत्साह दिऔं’, उनले भने।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend