logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • श्रृजनशील लघुवित्त र पिपुल्स हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

    श्रृजनशील लघुवित्त र पिपुल्स हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

    2.7K
    Shares
    श्रृजनशील लघुवित्त र पिपुल्स हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा श्रृजनशील लघुवित्त वित्तीय संस्था र पिपुल्स हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । श्रृजनशील लघुवित्तको चुक्ता पुँजीका आधारमा कायम कुल १० लाख ९३ हजार ७५० कित्ता सेयर सोमबार सूचीकृत भएको हो ।

    नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ३०२ रुपैयाँदेखि ९०६ रुपैयाँसम्म तोकेको छ । सोही मूल्यभित्र रहेर खप्तडको पहिलो कारोबार हुनेछ । ‘एसएचएलबी’ संकेतमा यसको सेयर कारोबार हुनेछ ।

    यता, पिपुल्स हाइड्रोपावरको पनि चुक्ता पुँजीका आधारमा कायम ३ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको हो । यसको ओपनिङ रेन्ज प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँ रहेको छ । पिपुल्सको पहिलो कारोबार सोही मूल्यभित्र रहेर खुला हुनेछ । ‘पीएचसीएल’ संकेतमा सेयर कारोबार हुनेछ । अब बुधबारबाट दुवैको सेयर कारोबार खुला हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend