logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • बाराही हाइड्रोको आईपीओ बाँडफाँटको मिति तय

    बाराही हाइड्रोको आईपीओ बाँडफाँटको मिति तय

    2.1K
    Shares
    बाराही हाइड्रोको आईपीओ बाँडफाँटको मिति तय

    काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले मंसिर २१ गतेदेखि २६ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आगामी आइतबार बाँडफाँट हुने भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा बिहान बिहान १० बजे आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।

    कम्पनीको आईपीओमा १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ ।

    कम्पनीले ५ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन खुला गरेको थियो । यसअघि स्थानीयलाई निष्काशन खुला गर्दा बिक्री नभएको १ लाख ४ हजार कित्ता र सर्बसाधारणलाई छुट्याईएको ४ लाख ५० हजार कित्ता गरी कुल ५ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गरिएको थियो ।

    कूल निष्काशन मध्ये २७ हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि र ११ हजार ८० कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको ५ लाख १५ हजार २ सय २० कित्ताका लागि सर्बसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

    सर्वसाधारणका लागि छुट्याइएको शेयर ५१ हजार ५ सय २२ जनाले १०–१० कित्ताका दरले पाउने छन् ।

    कम्पनीले बाग्लुङको जैमिनी नगरपालिकामा ठेउले खोलाको पानी उपयोग गरि १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना संचालन गरी विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेको उल्लेख गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend