logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बाराही हाइड्रोपावरको आइपीओ बाँडफाँट

    बाराही हाइड्रोपावरको आइपीओ बाँडफाँट

    1.9K
    Shares
    बाराही हाइड्रोपावरको आइपीओ बाँडफाँट

    काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको आइपीओ आज आइतबार (पुस ३ गते) बाँडफाँट भएको छ । यसमा ५१ हजार ५२२ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले आइपीओ हात परेका छन् । यो आइपीओमा रितपूर्वक आवेदन दिएका कुल ११ लाख ९१ हजार २८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । १५ हजार ४० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जानकारी गराएको छ ।

    कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म कुल ५ लाख ५४ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । यसमध्ये ५% अर्थात् २७ हजार कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ५ लाख १५ हजार २२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

    लगानीकर्ताले एनआइबीएल एस क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, बाराही हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend