logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • रुपन्देहीमा क्रिकेट प्रतियोगिता

    रुपन्देहीमा क्रिकेट प्रतियोगिता

    2.3K
    Shares
    रुपन्देहीमा क्रिकेट प्रतियोगिता

    रुपन्देही । रुपन्देही क्रिकेट सङ्घको आयोजनामा बुधबारदेखि ‘साई ग्लोबल कप–२०७९ टी–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ रङ्गशाला सुरु भएको प्रतियोगितामा २० वटा कलेजमा अध्ययन गर्ने क्रिकेट खेलाडीको संस्थागत सहभागिता छ ।

    रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले अन्तरकलेज क्रिकेट प्रतियोगिता गरेर राष्ट्रिय तहमा खेल्ने खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको बताए । विगतमा राष्ट्रिय टोलीमा वर्चस्व राख्ने जिल्लाका खेलाडी अहिले घट्दै आएकाले विभिन्न क्रिकेट प्रतियोगितालाई सङ्घले निरन्तरता दिँदै आएको उनको भनाई थियो ।

    नयाँनयाँ खेलाडीको खोजी र क्रिकेट खेलको विकासका लागि उक्त सङ्घले खुल्ला र संस्थागत खेलहरु आयोजना गर्दै आएको छ । यही पुस ६ देखि १६ गतेसम्म आयोजना भएको उक्त प्रतियोगितामा बिजेताले रु ४० हजार र ट्रफी तथा उपबिजेताले रु २० हजार ट्रफी प्राप्त गर्नेछन् ।

    त्यसैगरी म्यान अफ द सिरिजले रु पाँच हजार, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही रु दुई हजार पाँच सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचले रु एक हजार पुरस्कार पाउने संघका सचिव सञ्जय गुरुङले जानकारी दिए । प्रतियोगितामा अनुशासित एक टोलीलाई समेत पुरस्कृत गरिने भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend