logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेप्से परिसूचक ५.८९ अंकले गिरावट

    नेप्से परिसूचक ५.८९ अंकले गिरावट

    2.3K
    Shares
    नेप्से परिसूचक ५.८९ अंकले गिरावट

    काठमाडौं ।  साताको दुई दिन लगातार रुपमा बढेको नेप्से बुधवार सामान्य अंकले गिरावट आएको छ । बुधवार नेप्से परिसूचक ५.८९ अंक घटेर १८६७.२२ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.३१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४० अंकले घटेको छ ।

    बुधवार कारोबारमा आएका २५२ कम्पनीको २४ लाख ४० हजार कित्ता शेयर ८६ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलवारको कारोबारमा ९३ करोड भन्दा बढीको शेयर कारोबार भएको थियो।

    नेप्सेका १३ उपसमूहमध्ये बैंकिङ उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । जसमा बैंकिङ उपसमूहको परिसूचक ०.२७ प्रतिशत बढेको छ । त्यस्तै, वित्त र अन्य उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ ।

    बुधवार नेप्से परिसूचकमा गिरावट आएपनि दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा आँधीखोला लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

    त्यसैगरी, इष्टर्न हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । बुधवार एनआईसी एशिया बैंकले ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend