आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

प्रभु बैंक र सिप्रदी ट्रेडिङ्गबिच टाटा मोटर्स इलेक्ट्रिक भेहिकलको लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता

प्रभु बैंक र सिप्रदी ट्रेडिङ्गबिच टाटा मोटर्स इलेक्ट्रिक भेहिकलको लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री मनिराम पोखरेल र सिप्रदी टे«डिङ्ग प्रा.लि.का तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र सिप्रदी ट्रेडिङ प्रा.लि. बिच सम्पन्न उक्त सम्झौता अनुसार सिप्रदी ट्रेडिङ प्रा.लि.बाट ग्राहक महानुभावहरुले टाटा मोटर्स अन्र्तगतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

हाल बैंकको देशभर रहेको २१७ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend