आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सरकार गठनका विषयमा नेताहरुबीच कुनै छलफल भएको छैन : माधव नेपाल

सरकार गठनका विषयमा नेताहरुबीच कुनै छलफल भएको छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार गठनका विषयमा नेताहरुबीच कुनै छलफल नभएको बताएका छन्।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले दलहरु नेता चयनका लागि व्यस्त रहेको र आफू पनि बिरामी रहेकाले गठबन्धनमा सरकार गठनका विषयमा कुनै छलफल नै नभएको बताए ।

उनले छिटै गठबन्धनको बैठक बसेर सरकार गठनका विषयमा छलफल हुने जानकारी दिए। त्यस्तै राष्ट्रपतिको उम्मेदवार बन्ने विषयमा सोधिएको प्रश्नमा उनले आफूले कल्पनाका आधारमा जवाफ नदिने बताए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend